नेपाललाई खुला दिसामुक्त देश घोषणा गरिएको छ ।
सोमबार काठमाण्डौको राष्ट्रिय सभागृहमा आयोजित एक समारोहकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसा मुक्त देश घोषणा गरेका हुन् । त्यस अवसरमा प्रधानमन्त्री ओलीले सन् २०३० भित्र नेपाललाई पूर्ण सरसफाइयुक्त देश बनाउने अभियानमा अग्रसर हुन पनि सबैलाई आह्वान गरे ।
उनले सबै जिल्ला, प्रदेश र स्थानीय तहको अथक प्रयासबाट नेपाललाई खुला दिसामुक्त देश घोषणा गर्न सफलता हात परेको पनि स्मरण गराए । सन् २०११ मा सुरु गरिएको सो अभियान विद्यालय तह, जिल्ला तहमा सुरु गरिएको थियो । नेपालमा पहिलो पटक कास्की जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । योसँगै नेपाल खुला दिसामुक्त राष्ट्रको मानक पूरा गर्ने दक्षिण एशियाकै पहिलो देश बन्न सफल पनि भएको छ ।
खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएका धेरैजसो जिल्लाहरुमा अझै पनि शौचालयको पूर्ण कार्यान्वयन हुन सकेको छैन । तर, यसलाई पूर्ण सरसफाइ अभियानसँगै पूर्णता दिने ढल व्यवस्थापन तथा वातावरणीय सरसफाइ शाखा प्रमुख एवम् राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव देवेन्द्र झाले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।