सात वर्षिया बालिका आफ्नैबाट पटक पटक बलात्कृत



सरु सुनार काठमाडौ — सात वर्षकी एक बालिका पटक पटक बलात्कृत भएकी छन् । त्यो पनि आफ्नै नाता पर्ने युवकबाट । नाता पर्ने बालिकालाई कोठा थुनेर बलात्कार गरिरहेको बेला अर्की एक महिलाले रंगेहात फेला पारेपछि भर्खरै घटना बाहिर आएको छ । बलात्कार आरोपी बिनोद सुनार अहिले काठमाडौं प्रहरीको हिरासतमा छन् ।

को हुन् बालिका ?

धादिङ स्थायी घर भएकी एक महिला ८ वर्षदेखि काठमाडौंको कपुरधारामा बस्छिन् । उनीसँग छिन्, सात वर्षकी एक छोरी ।

छोरी जन्माएको केही वर्षपछि श्रीमानले वास्ता गर्न छोडे । अनेक खालका दुःख दिन थाले । उनीहरुसँग बस्नै छोडेको पनि दुई वर्ष भयो । उनी अनि तिनै छोरी पढाउन र आफ्नो जीविकोपार्जनको लागि उनी एउटा कम्पनीमा काम गर्न थालिन् । आफूले पढ्न नपाए पनि छोरीलाई पढाउनु पर्छ सोचेर आफूले मजदुरी गरेर छोरीलाई राम्रो बोर्डिङ स्कूलमा हालेकी छिन् ।

कसरी बाहिरियो घटना ?

बिनोद सुनार नाताले बालिकाकी आमाको फुपूको छोरीको छोरा पर्छन् । बिनोद बालिकाकी आमाको बैनी ज्वाइसंग एउटै गाडीमा खलासीको काम गर्थे । उनीहरु सँगै बस्थे । बिनोद बालिकाको कोठामा पनि आफन्त बनी धेरै पटक आइरहन्थे । बालिका र उनकी सानीआमाको कोठा नजिक नजिकै छ । त्यसैले बिनोदलाई उनको कोठामा जान आउन सहज थियोे । बालिकाकी आमा बिहान छोरीलाई खाना खुवाएर स्कूल पुराएर काममा जान्थिन् । छोरीको चार बजे छुट्टी भएपछि एक्लै कोठामा हुन्थिन् ।

उनी कामबाट छुटेर आउँदा बेलुका भइसकेको हुन्थ्यो । बिनोदले बच्ची स्कूलबाट आएर एक्लै कोठामा बसेको मौका छोपी पटकपटक बलात्कार गरेको खुलेको छ । कसरी सार्बजनिक भयो घटना ? गतहप्ता भने सधैं बालिकालाई मौका छोपी बलात्कार गर्ने बिनोदले कोठा सार्ने योजना बनायो । बालिकाको कोठामा गएर सानिआमाको घरमा सानबुवा हुनुहुन्छ कि नाइँ ? जाउ नानू हेरेर आउ भनी बालिकालाई उनकै सानीआमाको कोठा पठायो । बालिका सानिआमाको कोठामा पुगिन् । तब पछिपछि गएको बिनोदले बालिका कोठामा पुगेपछि भित्र पसेर ढोका बन्द गर्यो । संयोगबस बालिकाको सानिआमा त्यसैबेला कोठामा आइपुगिन् । भित्रबाट चुकुल लगाएको देखेपछि आत्तिन् । धेरै पटक ढोका ढक्ढक्याइन् । ढोका खुलेन् । फेरि उनी एकछिन् उभिइन् । त्यसैबेला त्यही रहेको रातो चप्पलमा उनको नजर पुग्यो ।

जुन चप्पल तिनै बालिका अर्थात आफ्नी दिदीको छोरीको थियोे । उनको मन झन् आत्तिन थाल्यो । पक्कै नानी भित्र छ र केही भयो कि भनेर जोडजोडले ढोका ढक्ढक्याउन थालिन् । केही बेरमा बिनोदले ढोका खोल्यो । उनीभित्र पस्दा बालिका खाटको कुनामा निकै डराएको अवस्थामा रुँदै घोप्टी परेर बसेको देखिन् । बिनोद भने ढोका खोलेर हतार हतारमा निस्किहाल्यो । उनलाई शंका लाग्न थाल्यो । पक्कै केही गडबड छ भनि तुरुन्तै बालिकाको आमालाई खबर गरिन् । बालिकाको कपडा खोली हेर्दा उनको कलिलो योनी क्षत विक्षत थियो । नाबालक छोरीको यो अवस्था देखेपछि आमा त्यही बेहोश हुन पुगिन् ।

आमा भन्छिन्,

म सधैं बिहानदेखि बेलुकासम्म काममा हुने ।

नानी कहिले कोठामा एक्लै हुन्थिन् त कहिले साथिहरुसित खेल्थिन् । बिनोद नाताले आफ्नै पर्ने हुँदा मैले त्यस्तो पाप त सोच्न पनि सकिन कहिल्यै । नानी केही महिना अघिदेखि खाना मन नगर्ने, नबोल्ने, बेला बेलामा ज्वरो आउने, पढ्न मन नगर्ने, नपढ्ने, टोलाएर बस्ने गरेकी थिइन् । मैले ख्यालै गरिन् । केटाकेटीहरु यस्तै हुन् सोचे । मेरो छोरी त यतिसम्म पीडित भइसकेकी रहिछिन् । बालिकाले आमासंग बिनोदले ४ पटक आफूमाथी यस्तो व्यबहार गरेको बताइन् । यो कुरा कसैलाई भनेको खण्डमा मारिदिने धम्की दिएकोले आफूलाई कसैलाई पनि नभनेको उनले बताएकी छन् । घटना थाहा पाएपछि बालिकाकी आमाले तुरुन्तै प्रहरीलाई खबर गरिन् । बिनोदलाई प्रहरीले पक्राउ गरी सोहखुट्टे प्रहरी बृत्तमा राखी मुद्दा अगाडि बढाएको छ । बालिकाकी आमाले आफ्नी छोरीको यो हालत बनाउने विनोदलाई कडा भन्दा कडा कानूनी कार्वाही हुनुपर्ने माग गरेकी छन् ।

(बालिका र बालिकाकी आमासंगको कुराकानीमा आधारित)

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्