मुख्य समाचार

नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै

By थाहा अनलाइन

October 07, 2017

सैघाली खबर काठमाडौं,२१ असोज

माओवादी तथा नयाँ शक्ति नेपालसँग तालमेल गरेपछिको समसामयिक परिस्थितिमा छलफल गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा पार्टी तालमेलपछिको अवस्था चुनाव तथा उम्मेदवार छनोटको प्रक्रियाको बारेमा छलफल हुने एमाले प्रवक्ता योगेश भट्टराईले जानकारी दिनुभयो । उम्मेदवारहरुको छनोट मापदण्ड तयार पारि सकेसम्म छिटो उम्मेदवारहरुको अन्तिम सुची तयार पार्ने गरि बैठकमा छलफल हुने प्रवक्ता भट्राईले जानकारी दिनुभयो । पार्टी तालमेलपछि उत्पन्न परिस्थितिका बारेमा कार्यकर्ता तहसम्ममा जानकारी गराउने विषयमा पनि बैठकमा छलफल हुनेछ ।