मुख्य समाचार

माओवादीको पोलिटब्यूरो बैठक बस्दै

By थाहा अनलाइन

October 07, 2017

सैघाली खबर काठमाडौं,२१ असोज

नेकपा एमालेसँग तालमेल गर्ने निर्णय गरेपछिका भावी योजना निर्माण गर्नका लागि माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य बैठक आज बस्दैछ । बिहान ११ बजेपछि बस्ने बैठकमा एमाले र नयाँ शक्ति पार्टीसंगको तालमेलपछिका परिस्थितिका बारेमा छलफल हुने प्रवक्ता पम्फा भूसालले जानकारी दिनुभयो । यस्तै बैठकमा प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि आकांक्षी उम्मेदवारहरुको छनोट प्रक्रिया टुङग्याउने बारेमा पनि छलफल हुने प्रवक्ता भूसालले जानकारी दिनुभयो । चुनावको मुखमा एमाले र नयाँ शक्तिसंग हतारमा तालमेल तथा एकीकरणको प्रक्रिया अगाडी बढेपनि कार्यकर्ताको तल्लो स्तरसम्म यो बिषय पुगिनसकेकाले कार्यकर्ताको तहमा कसरी सम्मन्वय गर्न सकिन्छ भन्ने बारेमा पनि बैठकमा छलफल गरिने माओवादीले जनाएको छ ।