चाडपर्वमा कडा चेकिङ्ग



देउखुरी, १३ असोज । नेपालीहरूको महान चाड बडादशैं, तिहार तथा छठलाई लक्षित गरी अस्थाइ ट्राफिक पोष्ट लमहीले विशेष सुरक्षा सम्बन्धी व्यवस्थापन सुरु गरेको छ । लमहीमा सुरक्षाकर्मीको प्रभावकारी परिचालन, दुरूस्त कारबाही, सिघ्र र सहज सेवा पहुँचको व्यवस्था मिलाएर चाडपर्व लाई सुरक्षित वातावरणमा सम्पन्न गराउने उद्देश्य सहित ट्राफिक प्रहरीले चाडपर्व बिशेष सुरक्षा योजना लागू गरेको अस्थाइ ट्राफिक पोष्ट लमहीका इञ्चार्ज मोहनकुमार चन्दले जानकारी दिए । चाडपर्वको समयमा हुनसक्ने ठगी र यात्रुहरुको सहजताका लागि सुरक्षा योजना लागू गरिने इञ्चार्ज चन्दले बताए ।

लमही नगरपालिका अन्र्तगत पूर्वपश्चिम राजमार्गमा मापसे र सवारी चेकिङमा कडाइ गरिने छ, प्रत्यक चोकचोकमा मापसे चेकिङ गरिनेछ, इञ्चार्ज चन्दले बताए । मापसे चेकिङको लागि जिल्लाबाट समेत निर्देशन आइसकेको छ लमहीको बजार क्षेत्रमा मात्र सीमित नभएर गाउँमा समेत मापसे चेकिङ हुन्छ, इञ्चार्ज चन्दले भने ।

मोटरसाइकल चालकले हेल्मेट नलगाउने, तीब्र गतीमा सवारी चलाउने, ओभरलोट, सवारी अन्य भाग तथा छतमा यात्रु मालसामान राख्ने जिकज्याक सवारी चलाउनेलाई कडाईको साथ कारबाही गरिने भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायव निरिक्षक पुरन मल्लले जानकारी दिए ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्