टेकबहादुर पुन,
देउखुरी, १३ असोज । संघीय सांसद मेटमणी चौधरीले समग्र दाङ्गको विकास गरी दाङ्गको जीवन स्तरमा परिवर्तन ल्याउने बताएका छन् । दाङको लमही नगरपालिका वडा नम्बर ८ असानी स्थित संघिय सरकार क्षेत्र नम्बर १ दाङ निर्वाचन पूर्वाधार विकास कोषबाट विनियोजित १० लाख रुपैयाबाट नव निर्मित ३ कोठे पक्कि भवनको उद्घाटन गर्दै सांसद चौधरीले समग्र दाङ्ग देउखुरीले बिकाशमा फड्को मार्ने बताए ।
विद्यालयको शैक्षिक अबस्था सुधारका लागि भवन निर्माण गरिएको बताउँदै चौधरीले देउखुरीका सम्पूर्ण गाउँलाई सुखि र समृद्ध गाउँको रूपमा निर्माण गरिने जानकारी दिए ।
यस्तै कार्यक्रममा लमही नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष मेघनारायण चौधरीले शिक्षा क्षेत्रलाई दिगो रूपमा विकास गर्न जरूरी रहेको बताए ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनिराम चौधरीको अध्यक्षता एवं संघीय सांसद मेटमणी चौधरीको प्रमुख अातिथ्यमा सम्पन्न कार्यक्रममा दाङ जिल्ला कमिटीका सचिवालय संयोजक मिना गुरूङ, दाङ जिल्ला कमिटी सदस्य रतनकुमार केसी, दाङ जिल्ला कमिटी सदस्य पवन रिजाल, वडा सदस्य गणेश चौधरी, युवा नेता महोम्मद याकुप, लमही नगर कमिटी सदस्य विन्तिराम चौधरी लगाएतले बोलेका थिए । प्राथमिक विद्यालय असानीका प्रधानाध्यापक खमानसिंह खड्काको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण भानु जोशिले गरेका हुन् ।।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।