५ करोड लागतमा बन कार्यालय देउखुरीकाे भवन बन्दै



टेकबहादुर पुन,

देउखेरी, १३ असोज । डिभिजन बन कार्यालय देउखुरीकाे भवन निर्माण हुने भएको छ । डिभिजन बन कार्यालय देउखुरीको अायोजनामा सोमबार लमहीमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।

जिल्ला समन्वय समिति दाङ्गका प्रमुख जितेन्द्रमान नेपालीकाे अध्यक्षतामा सम्पन्न बैठकमा प्रदेश सांसद हरु रेवतीरमण शर्मा, इन्द्रजित थारु, दामा शर्मा, प्रमुख जिल्ला अधिकारी गाेविन्द रिजाल, लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसी, राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, राजपुर गाउँपालिकाका अध्यक्ष लाेकराज केसी, डिभिजन बन कार्यालय देउखुरीका प्रमुख शँकर प्रसाद गुप्ता लगायतकाे सहभागीता रहेकाे थियो । बैठकले डिभिजन वन कार्यालयकाे भवन बनाउनका लागि ठाउँ छनाैंट गर्ने निर्णय गरेको छ । डिभिजन बन कार्यालय देउखुरीको भवन लमही नगरपालिका वडा नम्बर ४ स्थित तत्कालीन पारिजात महिला सामुदायिक वनकाे खाली क्षेत्रमा बनाउने निर्णय समेत भएको छ ।

५ कराेडकाे लागतमा कार्यालय भवन निर्माण गरिसक्नु पर्ने भएपनि यसबर्ष १ करोड बजेट बिनियोजन गरिएको बैठकमा जानकारी दिईएको थियो ।
बन कार्यालयले लागू गरेको बैज्ञानिक बन ब्यबस्थापन कार्यक्रमको चौतर्फी बिरोध भईरहेको स्मरण गर्दै सांसद रेवतीरमण शर्माले उक्त कार्यक्रमलाई प्रभावकारी र सफल बनाउन अाग्रह गरे । याेजना कार्यान्वयन गर्दा जन सहभागीता अनिवार्य चाहिने भन्दै सांसद हरुले त्यस तर्फ ध्यान दिन अाग्रह गरेका थिए । डिभिजन वन कार्यालय लमहीले अायाेजना गरेकाे बार्षिक याेजना सार्वजनिककरण तथा बैठकमा बोल्ने बक्ताले यस्तो बताएका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्