सैघाली खबर
काठमाडौं,२१ असोज
आउँदो प्रतिनिधि तथा प्रदेश सभामा उम्मेदवार बन्ने आकांक्षीहरुको सुची लामो भएपछि नेपाली कांग्रेसले संसदिय बोर्ड गठन गरेर उम्मेदवारको छिनोफानो गर्ने तयारी गरेको छ । हिजो बसेको केन्द्रीय समिति बैठकले आउदो चुनावको लागि उम्मेदवार छनोटको मापदण्ड बनाएपछि उम्मेदवारको अन्तिम टुङ्गो लगाउने जिम्मा भने संसदिय बोर्डलाई दिने निर्णय भएको थियो । संसदिय बोर्डमा बर्तमान पदाधिकारी, स्वतः पदेन सदस्य हुनेछन् । अरु केही नेता थप गरेर साँझसम्ममा १४ सदस्यिय बोर्ड बनाउने र भोलीसम्ममा उम्मेदवारहरुको अन्तिम टुङ्गो लगाईसक्ने काग्रेस नेताहरुले जनाएका छन् । हिजो सकिएको काग्रेस बैठकले समानुपातिक तर्फबाट सांसद् बनेकालाई फेरी समानुपातिक सांसद नबनाउने गरि उम्मेदवार छनोटको मापदण्ड तय गरेको थियो । यस्तै, स्थानीय तहको चुनावमा प्रमुख, उपप्रमुखबाट पराजित उम्मेदवारले पनि प्रतिनिधिसभा र प्रदेशसभामा उम्मेदवार बन्न नपाउने मापदण्ड पनि बनाएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।