नेपाल–भारत प्रबुद्ध समूहको पाँचौँ बैठक बस्दै



सैघाली खबर
काठमाडौं,२१ असोज

नेपाल–भारत प्रबुद्ध समूहको पाँचौँ बैठक आज बस्ने भएको छ । यसपटकको बैठकमा नेपाल–भारत सीमा व्यवस्थापन प्रमुख एजेन्डा रहेको छ । बैठकमा यसअघि छलफल भएका एजेण्डाका आधारमा छलफल हुनेछ । बैठकमा सहभागी हुन भारततर्फका तीनजना सदस्य हिजो काठमाडौं आएका छन् ।

बैठकमा नेपालतर्फबाट संयोजक डा. भेषबहादुर थापा तथा सदस्यहरू डा. राजन भट्टराई, नीलाम्बर आचार्य र सूर्यनाथ उपाध्याय सहभागी हुनेछन् । भारतबाट संयोजक भगतसिंह कोस्यारी तथा सदस्यहरू डा. बिसी उप्रेती र महेन्द्र पी लामा सहभागी हुनेछन् ।भारततर्फका सदस्य पूर्वराजदूत जयन्तप्रसाद भने माइनर हर्टअट्याक भएका कारण बैठकमा आउन नसकेको नेपालतर्पmका सदस्य डा. भट्टराईले जानकारी दिनुभयो । यसपटकको बैठकमा पनि दुईपक्षीय सम्बन्धका सबै विषयमा छलफल हुनेछ । इपिजीको चौथो बैठक १७ देखि १७ जेठसम्म भारतको देहरादुनमा भएको थियो । त्यस बैठकमा नेपाल–भारत शान्ति तथा मैत्री सन्धिबारे छलफल भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्