तराईका विभिन्न जिल्लामा डेंगु संक्रमित बढ्दै, सचेतना अपनाउन सरकारको आग्रह



सैघाली खबर
काठमाडौं,२१ असोज

भदौ महिना यता तराईका विभिन्न जिल्लाहरुमा डेंगुको प्रकोप बढ्दो क्रममा रहेको छ । डेंगुबाट धेरै प्रभावित हुनेमा रुपन्देही, सर्लाही, महोत्तरी, धादिङ, मकवानपुर, झापा लगायतका जिल्ला रहेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार भदौ यता अस्पतालबाट उपचार गराएर र्फकनेको संख्यामात्र ९० पुगेको छ ।

त्यस मध्य आजमात्र धादिङ, महोत्तरीको वर्दिवास तथा लालबन्दीबाट रिफर काठमाण्डौ आएका नौ विरामी अस्पताल भर्ना भएका छन् । बाँकी १० जनाको डेंगुको आंशकामा रगत परीक्षण भइरहेको छ ।

यसको नियन्त्रणका लागी आफुहरुले पहल गरिरहेको महाशाखका निर्देशक डाक्टर भिम आचार्यले जानकारी दिनुभयो । निर्देशक आचार्यले डेंगुबाट बच्नको लागि अपाmैले पनि विशेष ख्याल गर्न आग्रह गर्नुभएको छ । घर वरपर सरसफाईमा ध्यान दिन, लामखुट्टेको टोकाईबाट बच्न तथा ज्वरो, रुखा खोकी लाग्ने वित्तिकै उपचारका लागि स्वास्थ्य चौकी वा अस्पताल गईहाल्न पनि उहाँले सबैलाई आग्रह गर्नुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्