रोल्पामा एचआईभी एड्सबाट संक्रमितको संख्या ७० पुगेको छ ।
घरधुरी भेटघाट गरी रगत परीक्षण गर्ने क्रममा अघिल्लो वर्ष एक जना र चालु आर्थिक वर्षमा नयाँ ३ जना संक्रमित फेला परेपछि एचआईभीको संख्या ७० पुगेको रोल्पा प्लसले जनाएको छ । संक्रमितमध्ये महिलाको संख्या धेरै रहेको रोल्पा प्लसका अध्यक्ष राधा बिकले जानकारी दिए। जिल्लाका एकै परिवारका ३ जनामा समेत एचआईभी संक्रमण देखिएको उनले बताए । संक्रमितमध्ये अहिलेसम्म १५ जनाको मृत्यु भइसकेको छ । संक्रमित ५५ जनामध्ये सबैले नियमित औषधी सेवन गरिरहेको अध्यक्ष बिकले जानकारी दिइन् ।
रोल्पा घर भई जिल्ला बाहिरबाट औषधी सेवन गर्नेहरु १७ जना रहेका छन् ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।