यौन दुर्व्यवहारको आरोप लागेका व्यवस्थापिका संसदका सभामुख कृष्णबहादुर महराले शीर्ष नेतृत्वसँग परामर्श तिब्र बनाएका छन् ।
आईतबार एक संसद सचिवालयमा कार्यरत कर्मचारीले उनीमाथि दुर्व्यवहार भएको आरोप विभिन्न मिडियाहरु मार्फत सार्वजनिक गरेकी थिइन् ।
यसैबीच सभामुख महराले राजीनामा दिने संकेत नेकपाका नेताहरुले गरेका छन् ।
उक्त घटनाबारे टिप्पणी गर्दै कांग्रेस नेता गगन थापाले संसद्को गरिमा बचाउन सभामुखले राजीनामा दिनुपर्ने धारणा सार्वजनिक गरेका छन् ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।