वाम एकताले माओवादीमा असन्तुष्टि बढ्यो



सैघाली खबर,
काठमाडौँ, असोज २१ गते । पार्टी नै एकता गर्ने गरी एमाले र नयाँ शक्तिसँग भएको तालमेलका कारण माओवादी केन्द्रभित्र असन्तुष्टि बढेको छ ।
तालमेल आवश्यक भएपनि पार्टी एकताको घोषणा गलत रहेको बताउँदै आएका केही नेताले पार्टीको पोलिटब्युरो बैठक र प्रशिक्षण बहिष्कार गरेका छन् ।

माओवादी नेता गोपाल किराँती, मणी थापा लगायतले बैठक बहिष्कार गरेका हुन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग शनिबार बिहान वार्ता भएपनि एमाले र नयाँ शक्तिसँग भएको ६ बुँदे संशोधन गर्ने विषयमा कुरा नमिलेपछि बैठक र प्रशिक्षण बहिष्कार गरिएको नेता किराँतीले जानकारी दिनुभयो ।

किराँतीले आइतबार बिहान प्रचण्डसँग फेरि छलफल गर्ने र कुरा नमिले आइतबार नै नेकपा माओवादी केन्द्र पुनर्गठन समिति निर्माण गरिने बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्