नयाँ शक्ति दाङद्धारा प्रदेश र संघका उम्मेदवार सिफारिष



सैघाली खबर,

तुलसीपुर २१ असोज ।
नयाँ शक्ति नेपाल दाङले आगामी प्रदेश र संघको चुनाबका लागि उम्मेदवार सिफारिष गरेको छ । दाङ क्षेत्र नं। १ बाट संघीय चुनाबमा प्रत्यक्ष तर्फ डा। सुरेन्द्र चौधरी र समानुपातिक तर्फ गंगा चौधरीलाई सिफारिष गरेको संयोजक नेत्रलाल भट्टराई ‘ नारायण’ले जानकारी दिए ।

त्यस्तै क्षेत्र नंं २ बाट संघीय चुनाबमा प्रत्यक्ष तर्फ प्रकाश बिष्ट , समानुपातीक तर्फ गोमा गिरी र शिला पुनलाई सिफारिष गरेको छ । त्यस्तै क्षेत्र नं। ३ बाट प्रत्यक्ष तर्फ हरि रिजाल र समानुपातिक तर्फ धिरज शेर्पालीलाई सिफारिष गरेको छ ।

त्यस्तै प्रदेश तर्फ क्षत्र नं। १ ‘क’ बाट प्रत्यक्षमा होम प्रशाद शर्मा र समानुपातिक तर्फ नन्दकुमार चौधरी र सुरज सोनाम, क्षेत्र नंं १ ‘ख’ बाट प्रत्यक्षमा डा। जिबराज आचार्य र एकराज केसी तथा समानुपातीकमा बालकुमारी चौधरी र प्रभा चौधरीलाई सिफारिष गरिएको छ ।

त्यस्तै क्षेत्र नंं। २ ‘क’ बाट प्रत्यक्षमा गीता कुमारी पुन र समानुपातिक तर्फ गगण शाह, क्षेत्र नंं २ ‘ ख’बाट प्रत्यक्षमा पदमा बानिँया तथा समानुपातिक तर्फ केशब रिजाल र मोहन सिंह ओलीलाई सिफारिष गरिएको छ ।

त्यस्तै क्षेत्र नं। ३ ‘क’ बाट प्रत्यक्षमा नेत्रलाल भट्टराई ‘ नारायण’ र समानुपातिक तर्फ जीवन भण्डारी , क्षेत्र नं। ३ ‘ख’बाट नेत्रलाल भट्टराई ‘नारायण’ र समानुपातिक तर्फ रुद्र केसी र आईताराम कामीलाई सिफारिष गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्