१ सय १ वर्षे महिलाले पाइन् १७ औँ बच्चा



आमा बन्नु कुनैपनि महिलाको लागि निकै खास हुन्छ । तर निश्चित उमेरपछि महिलाको प्रजनन क्षमतामा कमी आउँछ, जसका कारण त्यसपछि महिला चाहेर पनि आमा बन्न सक्दैनन् । हालै इटालीकी एकजना १ सय १ वर्षे महिलाले महिलाको प्रजनन क्षमता तथा उमेर सम्बन्धी समग्र अनुभव तथा वैज्ञानिक तथ्यहरुलाई गलत सावित गरेकी छिन् ।

उनले १ सय १ वर्षको उमेरमा आफ्नो १७ औँ बच्चा जन्माएर सबैलाई अचम्ममा पारेकी छिन् ।

ती महिलाले हालै ९ पाउण्ड तौलको बच्चा जन्माइन् । यति पाको उमेरमा उनले जन्माएको बच्चाको स्वास्थ्यका विषयलाई लिएर आलोचना पनि हुने गरेको छ । ती महिलाले टर्कीको एक निजि क्लिनिकमा अण्डासय प्रत्यारोपण गरेकी थिइन् । जबकी युरोपेली कानून अनुसार अण्डासय प्रत्यारोपण अवैध हो ।

अनातोलिया व्हर्टाडेला आफ्नो १७ औँ बच्चालाई इश्वरको आशिर्वाद मान्छिन् । उक्त बच्चाको नाम फ्रान्सिस्को राखिएको छ ।

१६ वटा बच्चा जन्माइसक्दा उनी ४८ वर्षकी थिइन् । त्यसबेला उनलाई डिम्बग्रन्थीको क्यान्सर भएको थियो । उक्त रोगले आफ्नो प्रजनन क्षमता नष्ट हुँदा उनलाई जिवन नै बेकार लागेको थियो । तर डिम्बासय प्रत्यारोपण पछि आमा बन्न पाउँदा उनले निकै गौरवान्वित महसूस गरिरहेकी छिन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्