६ लाख युवा परिचालनको तयारी,जाग्दै वाईसीएल



सैघाली खबर,
काठमाडौं २१ असोज । नेकपा माओवादी केन्द्रको सहायक संगठनका रुपमा रहेको वाइसीयल नेपालले आउँदो मंसिर १० र २१ को प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागी देशभरका प्रत्येक वडामा एक सय युवा परिचालन गर्नेगरी संगठनात्मक तयारी थालेको छ ।

शनिबार ९आज० वाईसीएलको केन्द्रीय कार्याय काठमाडौंमा जारी पदाधिकारी बैठकले कात्तिक पहिलो साताभित्र देश भरका सबै वडाको सम्मेलन सम्पन्न गर्दै युवा परिचालन गर्ने लक्ष्य बनाएको वाईसीयल नेपालका केन्द्रीय सचिव बिश्वास डीसीले जानकारी दिए । उनका अनुसार देशभरका ६ हजारभन्दा बढी वडाहरुमा संगठनको युवाहरुले चुनावी तयारीका कामहरु गर्नेछन् ।

चुनावी तयारीकालागि बसेको पदाधिकारी बैठकमा वाम एकताको विषयमा समेत छलफल भएको सचिव डीसिले जानकारी दिए । उनका अनुसार पार्टी एकता बिचार र राजनीतिका आधारमा गनिुपर्ने वाईसीएलको धारणा छ । माओवादी जनयुद्धको स्विकार एमालेले गर्नुपर्ने उनले बताए ।

यसअघि प्रदेश २ को स्थानीय तहको निर्वाचनमा पनि वाइसीयलको केन्द्रीय हेडक्वाटर नै मधेशमा खटेको थियो । मधेशको चुनावी अभियानमा खटेको वाइसीयलले झण्डै १ हजारको हाराहारीमा देशभरको वाइसीयललाई मधेशमा केन्द्रित गरेको वाईसीएलका अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपशिखा’ले जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्