मुख्य समाचार

एसईई पूरक परिक्षाको नतिजा सार्वजनिक

By थाहा अनलाइन

October 02, 2019

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई तर्फ पूरकको नतिजा बुधबार सार्वजनिक गरेको छ । परीक्षा गत भदौ १ गतेदेखि ११ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा एक लाख ६५ हजार ६ सय ९४ जना सहभागी भएको पनिकाले जनाएको छ।

नतिजा अनुसार एक लाख ११ हजार ६ सय ७८ जनाको ग्रेडवृद्धि भएको छ। परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय लगायतका संस्थाको वेभसाइट तथा नेपाल टेलिकमको १६०० डायल गरेर थाहा पाउन सकिन्छ ।