तरकारी वालीको चर्चा, सम्भावना र अबको बाटो



समाजमा अनेक घटनाहरु घट्छन् । तरकारी वालीका रुपमा चर्चित कुसुम श्रेष्ठको जीवनमा पनि अचानक मिठो घटना घटेको छ । सामाजिक सञ्जाल र सञ्चार माध्यमका कारण उनी यतिबेला चर्चाको शिखरमा छिन् । सामान्य किसान परिवारमा जन्मिएकी कुसुम एकाएक यति धेरै हिट भएपछि उनको डाहामा गोहीको आँशु बगाउनेहरु पनि धेरै छन् । कुसुमले यही वर्ष एसएसी पास गरेकी हुन । उनी नर्स बनेर बिरामीको सेवा गर्न चाहन्थिन् । तर पारिवारिक अवस्था कमजोर भएकाले त्यो सपना उनको अधुरो रह्यो ।

अहिले जे जस्तो भएपनि कुसुम उच्च शिक्षा अध्ययनमा लागेकी छन् । उनको चर्चासँगै कुसुमको जीवनमा सम्भावनाका धेरै ढोकाहरु खुलेका छन् । सम्भावना र अबसरलाई कुसुमले सही तरिकाले सदुपयोग गरिन् भने आफू लागेको क्षेत्रमा सफल व्यक्ति बनेर उनी स्थापित हुन सक्छिन् । समाजमा राम्रा र नराम्रा मानिस अनि सोँचहरु धेरै हुने भएकाले प्रशंशालाई सकारात्मक रुपबाट शक्तिमा रुपान्तरण गर्ने र नकारात्मक टिप्पणी एवं सुझावहरुलाई पनि भविष्यमा हुन सक्ने दुर्घटनाबाट बच्ने उपाएकारुपमा लिनुपर्छ । तरकारी वाली यसरी अगाडि बढ्न सकिन् भने जिन्दगीले दिएको चमत्कारीपूर्ण अबसरले उनलाई भविष्यमा प्रगति पथको रहर लाग्दो उचाईमा पु¥याउनेछ ।

सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा दिनहुँ अरबौं व्यक्तिहरुले आफ्ना फोटा अनि मतहरु लेख्छन् । समाचारकारुपमा बाहिर आउँछन् । त्यसमध्ये सीमित समाचार अनि तस्विरहरुले धेरैको मन जित्छ । तरकारीवाली कुसुमले पनि सामाजिक सञ्जालमा आफ्ना तस्विरहरु आफैले धेरै अगाडिबाट राख्न सुरु गरेकी हुन् । मुस्किलले केही साथीहरुले लाइक र कमेन्ट गर्थे । अरुले नै खिचेको तस्बिर सामाजिक सञ्जालमा राखिएपछि कुसुम चर्चाको शिखरमा पुगिन् । यो कुरा यहाँ किन उठाउन खोजिएको हो भने तरकारी वालीले न उक्त तस्विर खिचाउन आग्रह गरेकी थिइन्, न त तस्विर खिच्ने र पोष्ट गर्नेले यति धेरै चर्चा बटुल्ला भन्ने सोँचेका थिए । तर, पनि एकाएक चर्चाको शिखरमा तरकारीवाली पुगिन् । उनको चर्चा यति धेरै भयोकी भारतीय सञ्चारमाध्यमहरुमा समेत कुसुम छाइन् । सबैको खोजीको विषय उनी बनिन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्