सभामुखलाई आरोपित गर्ने रोशनीका पतीपित्नी छुट्टीने



निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्ध यौन दुर्व्यवहारको आरोप र त्यसपछि बयान फेरेर चर्चामा रहेकी रोशनी शाहीलाई उनका पति चित्रजंग शाहीले डिभोर्स दिएका छन् ।

२८ वर्ष लामो वैवाहिक सम्बन्धलाई अन्त्य गर्ने निर्णयमा पुगेको शाहीले फेसबूकमार्फत जानकारी गराएका छन् । रोशनी र चित्रजंग दुवैले हस्ताक्षर गरेको एउटा कागजपनि सार्वजनिक गरिएको छ ।

रोशनीले आफूमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि महराले सभामुख पदबाट राजीनामा दिएका थिए ।

पछिल्लो समय रोशनीले आफूलाई महराले दुर्व्यवहार नगरेको बयान दिँदै आएकी छिन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्