बाम एकता भयो ः नेता कण्डेल



सैघाली खबर
बाके , २२ असोज

नेपाली काँग्रेसका नेता एवंम् पूर्व गृह राज्य मन्त्री देवेन्द्रराज कण्डेलले नेपाली काँग्रेस सँग डराएर कम्युनिष्ट पार्टीहरु बाम एकता गरेको दाबी गर्नुभएको छ । शनिबार बाके क्षेत्र नं. १ मा स्थानिय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधीहरुका लागि पार्टी द्धारा आयोजीत सम्मान तथा प्रशिक्षण समारोहमा बोल्दै नेता कण्डेलले यस्तो दाबी गर्नुभएको हो ।
पार्टीका केन्द्रिय सदस्य समेत रहनुभएका कण्डेलले काँग्रेसको जनलहरलाई देखेर पहिलेनै डराएर बाम एकता भएको दाबी गर्दै नेता कण्डेलले लोकतन्त्रबादी शक्तीहरु एक भई अब बाम एकतालाई सफाया गर्ने दाबी गर्नुभयो ।
सो अवसरमा नेता कण्डेलले कम्युनिष्ट पार्टी बाम एकतालाई अस्थाई दरबन्दीको संग्या दिदै नेता कण्डेलले सो एकता धैरै लामो नजाने दाबा गर्नुभएको छ । सबै लोकतन्त्रबादी शक्तीहरु एक भएर आशन्न प्रदेश र संघ निर्वाचनमा लोकतन्त्रवादी शक्तीलाई थप मजवुद बनाउनुपर्ने जिकिर गर्नुभयो ।
क्षेत्रिय सभापति माधब ढकालको सभाअध्यक्ष तथा यम बहादुर खड्कका संयोजक रहेको सो कार्यक्रममा पत्रकार महासंघका पुर्व अध्यक्ष धमेन्द्र झा , महेश दाहाल लगायतले नवनिर्वाचित जनप्रतिनिधीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्