पत्रकार महांसंघका केन्द्रिय उपाध्यक्ष विपुल पोख्रेलले पत्रकार अजयबाबु सिवाकोटीलाई सुरक्षा चुनौती दिने तत्वको निन्दा गरेका छन् । सैघालीखवर संग कुरा गर्दै उनले समाचारमा चित्त नबुझेमा अपनाउनु पर्ने बाटो नअपनाई पत्रकार अजयबाबु सिवाकोटीलाई सुरक्षा चुनौती दिने तत्वको निन्दा गर्दछु भनेका छन् ।
उनले अगाडी भनेका छन् उहाँको सुरक्षाको सवालमा पत्रकार महासङ्घ गम्भीर चासो प्रकट गर्दछ । राज्य र उस्का सबै संरचनाहरुलाई उहाँको सुरक्षामा जिम्मेवार बन्न पनि आग्रह गर्दछु । यस्तै पत्रकार सिवाकोटीलाई अज्ञात व्यक्तिले पछ्याउने र निगरानी बढाएको भन्दै नेपाल प्रेस युनियनले आपत्ति जनाएको छ ।
निर्वतमान सभामुख कृष्णबहादुर महराले संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई गरेको यौन दुर्व्यहारको आरोपको समाचार प्रकाशित भएसँगै शिवाकोटीमाथि सुरक्षा चुनौती देखिएको युनियनले जनाएको छ। ‘नम्बर नखुलेका फोनहरु आउने क्रम शुरु भएको र समाचार सार्वजनिक भएकै दिनदेखि केही समूहले पछ्याउने तथा निगरानी गर्दै आएकोप्रति गम्भिर आपत्ति प्रकट गरेको छ,’ युनियनका अध्यक्ष बद्री सिग्देलद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
प्रेस युनियनका महासचिव समेत रहेका सिवाकोटीले असुरक्षा महसुश गरेको युनियनले जनाएको छ । निगरानी गर्ने व्यक्ति तथा समूहलाई कानूनी कठघरामा ल्याई कारबाही गर्न माग गरिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।