मुख्य समाचार

प्रतिवन्ध मुलुक साइप्रसमा श्रम स्वीकृती दिएको खुलासा

By थाहा अनलाइन

October 08, 2017

सैघाली खबर काठमाडौं,२२ असोज

सरकारले कामदारका लागि प्रतिवन्ध लगाएको मुलुक साइप्रसमा श्रम स्वीकृती लिएर नै कामदार पठाएको खुलासा भएको छ । सरकारले खाडी मलुकुसँगै साइप्रसमा केही समयअगाडी घरेलु कामदार पठाउन प्रतिबन्द लगाएको थियो । तर, वैदेशीक रोजगार विभागबाट नै श्रम स्वीकृती लिएर कामदार गइरहेको खुलासा भएको छ ।

दशै अगाडी एक दर्जनभन्दा बढी युवायुवती श्रम स्वीकती लिएर साइप्रस गएको एक अधिकारीले जानकारी दिए । श्रम तथा रोजगार मन्त्री फरमुल्लाह मन्सुरले प्रतिवन्धीत देशमा श्रम स्वीकृती दिएको भए कारवाही हुने बताउनुभयो ।

उहाँले साइप्रसमा श्रम स्वीकती दिएको विषयमा आफु अचम्ममा परेको र त्यसको छानविन हुने सीआइएनसँग बताउनुभयो । साईप्रसमा नेपाली महिलाहरुले दुःख पाएका भन्दै खाडी मुलुकसँगै सरकारले प्रतिवन्ध लगाएको थियो । साइप्रसमा झन्डै ४ हजार नेपाली हाउसमेड (घरेलु कामदार)का रुपमा कार्यरत छन् । कामदारसँग गरेको करारपत्र मालिकले उल्लंघन गरे पनि सुनुवाइ गर्ने निकाय छैन ।

साइप्रसमा नेपालबाट हाउसमेडलगायत कामदार पठाउन ५७ वटा म्यानपावर कम्पनीले केही समय अगाडी मात्रै स्वीकृति लिएका छन् । युरोपिएन देशमा आकर्षक तलब भन्दै म्यानपावर कम्पनीले साइप्रसमा साढे ४ लाख रुपियाँसम्म असुलेर कामदार पठाइरहेका छन् । पछिल्लो समय साइप्रस जाने मध्येमा ९० प्रतिशतको हाराहरीमा महिला कामदार रहेका छन् ।