भ्रष्टाचारविरुद्धको अभियन्ता बताउने ज्ञानेन्द्र शाहीले आफूलाई आक्रमण गर्नेहरूलाई दशैंको शुभकामना दिएका छन् । प्रेस वक्तव्य पढेर सुनाउँदै उनले चितवनमा आफूलाई आक्रमण गर्नेप्रति दशैंको शुभकामना दिएका हुन् ।
उनले भनेका छन्, ुमप्रति चितवनमा आक्रमण गर्नेहरूलाई दशैंको शुभकामना छ । दुर्गा भवानीले भाला र तरबार समाउने हातमा कलम समाउने सद्बुद्धि दिउन् । विचारले प्रतिवाद गर्न सक्ने क्षमता तपाईंहरूमा वृद्धि होस् ।
उनले आफू मरेर बाँचेको पनि भन्न भ्याए । ुतपाईंहरूको माया र सद्भावले मैले नयाँ जीवन पाएको छु । मरिसकेको मान्छे पनि बाँचेको छु शाहीले भने । ‘नेपालका लागि नेपाली’ अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीमाथि असोज ११ गते चितवनमा आक्रमण भएको थियो ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।