लोकतान्त्रिक गठबन्धनको कार्यदलको बैठक आज बस्दै



सैघाली खबर
काठमाडौं,२२ असोज

प्रदेश र प्रतिनिधिसभा सदस्यनिर्वाचनका लागि तालमेल गरेका बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन घोषणापत्र र आगामी रणनीति बनाउन आन्तरिक छलफलमा जुटेका छन् । आगामी रणनीति बनाउन लोकतान्त्रिक गठबन्धनको कार्यदलको बैठक आज बस्दैछ । आज दिउँसो बस्ने बेठकले ६ दलबीच तालमेल र सिट बाँडफाँड टुङ्गो लगाउनेछ । काँग्रेस नेता पूर्णबहादुर खड्काले आज तालमेल र सिट बाँडफाँडका विषयमा सहमति गर्न जानकारी दिनुभयो । उहाँका अनुसार दुवै निर्वाचनमा कसरी भागबण्डा मिलाएर अघि बढ्ने बारेमा कार्यदलभित्र छलफल चलिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा कांग्रेस गठबन्धनमा आउन चाहने दलहरुले मागेको सिट संख्या, देशभरी उनीहरुको उपस्थितिलाई ध्यानमा राखेर सहमति खोजिनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्