दाङ
पौडी खेल्ने क्रममा विहिवार पानीमा डुबेर दाङमा दुई किशोरीको मृत्युभएको छ । लमही नगरपालिक ९ बाङ्गेताल निवासी कुमार घर्ती मगरकी १४ वर्षिया छोरी टीका घर्ती मगर र सोही ठाउँ की घोराही उपमहानगरपालिका १० रायणपुर बस्ने १५ वर्षिया निरु बोहराको मृत्युभएको हो ।
उनीहरु बेलुका करिव पाँँच चालिस बजेको समयमा लमही नगरपालिका ९ स्थीत सीमलसोता खोलामा पौडी खेल्ने क्रममा डुबेको र उपचारको क्रममा लमही अस्पतालमा बेलुका छ पैतालिस बजे दुबैको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दाङका प्रहरी प्रवक्ता विनोद विक्रम शाहले जानकारि दिएका छन् ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।