प्रदेश ५

राम गोरखा मा.वी. मा पशु बिज्ञान कार्यक्रमको पढ़ाई सुरु हुने

By Thah Online

October 03, 2019

कमलेश चन्द्र गुप्ता बहादुरगंज कपिलवस्तु को कृष्णनगर नगरपालिका वडा नं. ९ बहादुरगंजमा रहेको राम गोरखा मा.वि.मा भेटनरी जे.टि.ए (पशु विज्ञान) कार्यक्रम को पढाइ हुने भएको छ । बि.सं.२०७५ मा जे.टि.ए तर्फ १८ महीने बाली बिज्ञान कार्यक्रम सुरु भएको र यस बर्ष जे.टि.ए तर्फ पशु बिज्ञान कार्यक्रम को पढ़ाई सुरु हुने भएको छ। यसै शैक्षिक सत्रबाट लागु हुने गरी जे.टि.ए तर्फ पशु विज्ञान विषय पढाइ हुन थालेको विद्यालयका प्रधानाध्यापक प्रदिप सिंहले जानकारी दिनु भयो ।

यो विषय अध्ययन गर्नका लागि एस.एल.सी. उतीर्ण अर्थात एस.इ.इ. परीक्षामा कम्तीमा इ ग्रेड प्राप्त गरेको हुनुपर्ने उहाँले बताउनु भयो । फारम वितरण भने बिजयदशमी हुने कुरा उहाले बताउनुभयो। एक शैक्षिक सत्रमा ४० वटा मात्र सिट रहेकोले प्राविधिक शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुले समयमै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्न समेत प्रधानाध्यापक सिंहले अनुरोध गर्नुभयो । वि.सं.१९९० मा स्थापित राम गोरखा मा.वि. जिल्लाकै दोस्रो पुरानो विद्यालय हो ।