टेकबहादुर पुन,
देउखुरी, १६ असोज । सर्पको टोकाई बाट दाङ्गमा एक बालकको मृत्यु भएको छ । दाङ्गको लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री निवासी ९ बर्षिय सन्तोष लामाको बिहिबार बिहान सर्पको टोकाई बाट मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । शुक्रबार राती सर्पको टोकाई बाट घाईते भएका लामालाई लमही अस्पतालमा सामान्य उपचार पछि कोहलपुर रिफर गरिएको थियो । लामाको कोहलपुरमा उपचारकै क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख खिम बहादुर घर्ती मगरले जानकारी दिनुभयो ।
सर्पको टोकाईबाट दाङमा मृत्यु हुनेको सँख्यामा बृद्दी ।
दाङ्गको देउखुरीमा पछिल्लो समय सर्पको टोकाई बाट मृत्यु हुनेको सँख्या बढ्दो छ । देउखुरीमा सर्पदम्स उपचार केन्द्र नभएका कारण पनि देउखुरीमा सर्पको टोकाईबाट मृत्यु हुनेको सँख्यामा बृद्दी भएको जानकार बताउँछन् । दाङ्गको नजिकमा सर्पदम्स उपचार केन्द्र कपिलबस्तुको गोरुसिँगेमा स्थापना भएको छ । दाङ्गको लमही देखि कपिलबस्तुको गोरूसिँगे पुग्न ८२ किलोमिटर छ । जुन ठाउँमा पुग्न गाडीमा करिब २ घण्टा समय लाग्छ । बिषालु सर्पको टोकाईबाट घाईते भएका बिरामीको लागि २ घण्टा समय चिन्ताजनक रहेको स्वास्थ्यकर्मी हरु बताउँछन् । सर्पदम्स उपचारको स्थापनाको लागि स्थानिय सरकारले तत्काल ध्यान दिनुपर्ने लमही नगरपालिका ७ निवासी किशोर कुमार घर्ती मगरले अनुरोध गर्नुभयो । सर्पदम्स उपचार केन्द्र टाढा भएकै कारण सर्पको टोकाईबाट मृत्यु हुनेको सँख्यामा बृद्दी भएको स्थानियले बताएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।