पत्रकार शिवाकोटिको सुरक्षाको प्रबन्ध मिलाउन प्रेस युनियन पाँचथरको माग



इन्द्र नेपाली तेह्रथुम

प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महराले संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि यौन दुब्र्यवहार गरेको बिषयलाई बाहिर ल्याउने पत्रकार अजयबाबु शिवाकोटिमाथि सुरक्षा चुनौति बढेको भन्दै नेपाल प्रेस युनियन पाँचथर शाखाले ध्यानाकार्षण भएको जनाएको छ ।

बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै युनियन पाँचथरले नेपाल प्रेस युनियनका केन्द्रीय महासचिव तथा हाम्रोकुरा डटकमका सम्पादक शिवाकोटिको सुरक्षाको ग्यारेन्टि गर्न सरकारसँग माग गरेको छ । युनियन पाँचथरका अध्यक्ष भीमकुमार बाँस्कोटा द्वारा हस्ताक्षरित विज्ञप्तीमा समाचार प्रकाशित भएपछि पत्रकार शिवाकोटिमाथि अपरिचित समूहले पछ्याउने तथा निगरानी गरी असुरक्षा महसुस गराउने कार्य भइरहेको उल्लेख छ ।

समाचारप्रति चित्त नबुझे बैधानिक बाटो रोज्ने बिकल्प हुँदाहुँदै पत्रकारमाथि सुरक्षा चुनौति थप्ने काम गर्नु निन्दनीय कार्य भएको विज्ञप्तीमा भनिएको छ । युनियन पाँचथरले उक्त कार्यको निन्दा गरेको छ । उक्त क्रियाकलापमा संलग्न व्यक्ति र समूहलाई कानूनी कारबाही गर्न समेत विज्ञप्तीमा माग गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्