फोरम–राजपाको बैठक पनि आज बस्दै



सैघाली खबर
काठमाडौं,२२ असोज

संघीय समाजवादी फोरम, नेपाल र राष्ट्रिय जनता पार्टी नेपालको बैठक पनि आज बस्दैछ । चुनावी तालमेल र सिट बाँडफाँटका विषयमा छलफल गर्न आज राजपा–फोरम बैठक बस्न लागेको हो । हिजो राजपाको अध्यक्ष मण्डलको अनौपचारिक बैठकमा सिट बाँडफाँडका बारेमा छलफल भए पनि आज थप छलफल गरेर टुंगो लगाउन लागिएको राजपाका एक नेताले जानकारी दिए ।

राजपा प्रवक्ता सन्तो मेहताका अनुसार तराइ मधेशका २० जिल्लाका कमत्ीमा दुई तिहाइ निर्वाचन क्षेत्रमा यी दुई दलले मिलेर उम्मेदवारी दिने तयारी भएको छ । कुन क्षेत्रमा कसको प्रभाव बढी छ, त्यसै अनुसार दाबी गर्ने र छलफलबाट टुंगो लगाउने सहमति भएको छ । त्यस्तै ती जिल्ला बाहेकमा लोकतान्त्रिक गठबन्धनसँग मिलेर निर्वाचनमा जाने प्रस्ताव गर्ने गरी पनि बैठकमा छलफल हुने नेताहरुको भनाइ छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्