नेपाल–भारत प्रबुद्ध समूहको बैठक आज पनि



सैघाली खबर
काठमाडौं,२२ असोज

नेपाल–भारत प्रबुद्ध समूह (इपिजी)को बैठक आज पनि जारी रहनेछ । काठमाडौंमा हिजोदेखि सुरु भएको बैठकमा नेपालले बैठकमा नेपाल भारत शान्ति तथा मैत्री सन्धि १९५० का विषयमा छलफल भइरहेको छ । आजको बैठकमा जलस्रोतका क्षेत्रमा भएका विभिन्न सन्धि सम्झौता, व्यापार तथा पारवहन क्षेत्रमा भएका सम्पूर्ण सन्धि सम्झौतामा पनि बुँदागत छलफल हुनेछ । २०७२ सालमा गठन भएको इपिजीलाई नेपाल भारतबीच रहेका सम्पूर्ण सन्धि सम्झौताको समीक्षा गरि प्रतिवेदन बुझाउन दुई वर्षको समय दिइएको छ । नेपाल समुहका सदस्य निलाम्बर आचार्यले हिजो तय भएका एजेण्डामा आज छलफल हुने र अर्को बैठकको मिति भारतमा तय गरिने बताउनुभयो । उहाँका अनुसार बैठक बिहान १० बजे राजधानीको तारे होटेलमा बस्नेछ । साझा प्रतिवेदन नेपाल र भारत दुवै देशको सरकारलाई बुझाएपछि त्यसकै आधारमा सन्धि–सम्झौता संशोधन र पुनरावलोकनको प्रक्रिया अघि बढ्ने बताइएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्