सल्यानको बन्गाडमा झाडापखालाको प्रकोप



सैघाली खबर
सल्यान,२२ असोज


सल्यानमा झाडापखालाको प्रकोप देखिन थालेको छ । जिल्लको बन्गाड कुपिण्डे नगरपालिका वडा ७ घाँजरीपिपको गोठीखोलामा झाडा पखालाले स्थानीय बिरामी पर्न थालेका छन् । घाँजरीपिपलको गोठिखोलामा स्थानीय जसोता वली,कौशिला खडका लगाएत ६ जना विरामी परेको स्थानीय तुलसी वलीले जानकारी दिनुभयो । साउन महिनामा पनि झाडापखालाले गोठिखोलाका स्थानीय विरामी परेको र पुन गाउँमा झाडापखालको प्रकोप देखिन थालेपछि स्थानीय त्रसित बनेका छन् । ५ दिनदेखि त्यस क्षेत्रमा झाडापखालाले स्थानीय बिरामी पर्न थालेका हुन् । पिउने पानीमा समस्या भएकोले प्रत्येक पटक क्षेत्रमा झाडापखालाको प्रकोप देखिने गरेको स्थानीय दुर्गा बिसिले बताउनु भयो । यहाँका स्वास्थ्य संस्थाका कर्मचारीहरु दशै मान्न घर गएर अझै नफर्किएकाले औषधि उपचार पाउन कठिनाइ भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्