मुख्य समाचार

बन घुस्रीमा बेवारिसे पुरुषको शव फेला

By थाहा अनलाइन

October 08, 2017

सैघाली खबर दाङ,२२ असोज

लमही नगरपालिका ७ बन घुस्रीमा एउटा बेवारिसे शब भेटिएको छ । साविको सतवरिया गाविसमा रहेको बनघुस्रीमा शनिवार राती बेवारिसे अवस्थामा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

शवलाई लमही अस्पतालमा राखिएको र अहिले सम्म पनि पहिचान खुल्न नसकेको प्रहरीको भनाई छ । शव अन्दाजी २८स्२९ वर्षको व्यक्तीको रहेका र अत्यधिक मदिरा सेवनले मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।