तुलसीपुर अटो व्यवस्थापन समिति गठन



सैघाली खबर,दाङ २२ असोज।
तुलसीपुर । अटो व्यवसायीहरुलाई व्यवस्थापन र अधिकारको लागि तुलसीपुर अटो व्यवस्थापन समिति गठन गरिएको छ । तुलसीपुरमा शनिवार भएको अटो व्यवसायीहरुको भेलाले टोपबहादुर महतराको अध्यक्षतामा नौ सदस्य समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा पदम पोख्रेल ९जेठु–कान्छु० सचिवमा कमल गौतम, कोषाध्यक्षमा डिल्ली बहादुर डागी रहेका छन । सदस्यमा ठाकुर विक, दिलिप शर्मा, देवी राम डाँगी, विनोद चौधरी, महिला सदस्यमा निशा दाहाल रहेका छन ।

समितिको सल्लाहकारमा चन्द्र बहादुर डिसी, कृष्ण शर्मा, अशोक महतो र प्रेस सल्लाहकारमा गोपाल शर्मा भट्टराई रहेका छन ।

तुलसीपुरमा रहेको अटो भिलेजलाई व्यवस्थापन गर्ने र सेवाग्राहीको सहजता कायम गर्ने र स्थानीय निकायको समन्वय र सहकार्य गरेर व्यवसायीक सुरक्षा र उचित व्यवस्थापन गर्ने लगायतका योजनाहरु लिएर समिति गठन गरिएको अध्यक्ष महतराले वताए । बसपार्क निर्माणको चरणमा रहेको र अटो व्यवस्थापनको समस्या पनि उतिकै भएकाले यसलाई सहज बनाउन पनि समितिले पहल गर्ने अध्यक्ष महतराले वताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्