औषधि व्यवस्था विभागले अति आवश्यक औषधिको अभाव हुन नदिन विभिन्न प्रकारका औषधि मौज्दात राख्ने



औषधि व्यवस्था विभागले क्यान्सर रोगको उपचारका लागि अति आवश्यक औषधिको अभाव हुन नदिन विभिन्न प्रकारका औषधि मौज्दात राख्ने निर्णय गरेको छ ।

भिनक्रिस्टाइन, भिनब्लस्टाइन र सिप्प्लाटिन, एफभी नामक औषधि बजारमा अभाव हुन नदिने र मौज्दात राख्न औषधि व्यवसायीलाई विभागले आग्रह गरेको छ । चाडपर्वका समयमा विशेषगरी क्यान्सर उपचारसम्बन्धी औषधिको बजारमा अभाव हुने गर्दछ ।

शुक्रबार विभागको कार्यालयमा औषधि आयातकर्तासँग भएको छलफलमा विभागले क्यान्सर, मिर्गाैला, मुटुलगायत रोगसँग सम्बन्धित औषधिको मौज्दास्थितका बारेमा विभागलाई जानकारी दिन आयातकर्तालाई निर्देशक दिएको विभागका सूचना अधिकारी सन्तोष केसीले जानकारी दिनुभयो । अत्यावश्यक औषधिको विभागले निर्धारण गरेको मूल्यभन्दा बढी मूल्य नलिन विभागले आयातकर्ता्सित आग्रह गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्