उम्मेद्वारी टुङग्याने चटारोमा काँग्रेस



जेष्ठ १३ , दाङ । आसन्न स्थानिय तहको निर्वाचन लाई लक्षित गर्दै नेपाली काँग्रेस दाङ उम्मेद्वारी टुङग्याउने हतारोमा छ । स्थानिय तहको निर्वाचनमा आउन अव थोरै दिन मात्रै वाँकी रहेकाले उम्मेद्वारी टुङग्याउने चटारोमा लागेको छ । नेपाली काँग्रेस दाङका सचिव शंकर प्रसाद डाँगीले क्षेत्रगत रुपमा उम्मेद्वारी टुङग्याउने काम भईरहेकाले क्षेत्रगत गाँउपालिकाहरुका वडाहरुको उम्मेद्वारी टुङग्याए गाँउ , नगर र उप–महानगरपालिकाको उम्मेद्वारी टुङग्याईने जानकारी दिदै भन्नुभयो ‘१८ गते भित्रै नेपाली काँग्रेस दाङका सवै क्षेत्रको उम्मेद्वारी टुङग्याई सक्छौ । ’ उम्मेद्वारी छनौटकै चटारोमा छौ ।

मुलुक पहिलो पार्टी र दाङमा पनि ०७० सालको संविधान सभाको निर्वाचनका क्रममा ५ वटै क्षेत्रहरु काँग्रेसले जित हात पारेकाले अवको स्थानियत निर्वाचनमा

SherBahadur-24052017072853-1000x0कस्ता उम्मेद्वार उठाउछ । कति जित्छ भनि जनगुनासोको टिकाटिप्पणी चलिरहेका वेला नेपाली काँग्रेस दाङले शनिवार क्षेत्र न. २ अन्र्तगत पर्ने घोराही उप–महानगरपालिकामा पर्ने १,२,३ ,४ र १९ नम्वर वडाको उम्मेद्वारी टुङगो लगाएको छ । भने क्षेत्र न. २ अन्र्तगतकै राप्ती र वंगलाचुली गाँउपालिका सवै वडाहरुको उम्मेद्वारी टुङगो लगाई सार्वजानिक गरेको छ ।
नेपाली काँग्रेस क्षेत्र न. २ क्षेत्रिय सभापति गिरिराज सुवेदीका अनुसार घोराही उप–महानगरपालिकाको वडा न. १ को वडा अध्यक्षमा किशोर पाण्डे , २ मा राम प्रसाद चौधरी , ३ मा माधव चौधरी , ४ मा दामोदर शर्मा र वडा १९ मा ज्ञान वहादुर रायमाझी लाई अघि सारिएको जानकारी दिए । त्यस्तै राप्ती गाँउपालिकाको वडा न. १ मा तारा वहादुर जिसी , २ मा किशोर पुन , ३ मा उमेश अधिकारी , ४ मा विष्णुृ घर्ति , ५मा गोवर्धन रावत , ६ मा वेद प्रकाश चौधरी , ७ मा विद्याशरण चौधरी , ८ मा शिवध्वज मल्ल र ९ मा भेष वहादुर कार्की लाई अघि सारिएको छ । त्यस्तै वंगालीचुली गाँउपालिकाको वडा न. १ मा पदम वहादुर खत्री , २ मा मोती पुन मगर, ३मा कमल पौडेल , ४ मा ध्रुव कुमार पनु , ५ मा टंक वहादुर वंली ,६ मा तेज वहादुर वंली , ७ मा तेज वहाद्र खत्री र ८ मा ओम प्रकाश गाँहाको उम्मेद्वारी घोषणा गरीएको क्षेत्रिय सभापति सुवेदीले जानकारी दिनुभयो । तर दुई गाँउपालिका प्रमुख र उप–प्रमुखका लागि ६ जनाको नाम जिल्ला सिफरिस गरिएकाले जिल्ला टुङगो लगाउन वाँकी रहेको सुवेदीले जानकारी दिनुभयो ।
यस्तै विच नेपाली काँग्रेस दाङले क्षेत्र न. ३ अन्र्तगत पर्ने घोराही उप–महानगरपालिकाको ५ , ६ ७ ,८ ,९, १०, ११ ,१२, १३ ,१४, १५, १६, १७ र १८ वटा वडाहरुको उम्मेद्वारी शनिवार नै टुङग्याई सकेको छ । तर क्षेत्र समितिले आज आईतवार नै सार्वजानिक गर्ने तयारी गरेको जनाएको छ । क्षेत्रिय सभापति भुप वहादुर डाँगीले भोली आईतवार सवै वडाहरुको उम्मेद्वारीको नामावली सार्वजानिक गर्ने वताउनु भयो । दिउसो नेपाली काँग्रेस पार्टी कार्यालयमा उम्मेद्वारी नामावली सार्वजानिक गरीने भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्