अपराध

बाँकेबाट आठ जुवाडे पक्राउ

By थाहा अनलाइन

October 06, 2019

१९ असोज, कोहलपुर । दशैँको अवसरमा जुवातास खेलिरहेका आठ जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

शनिबार राति करीब १२ बजे इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बैजनाथ गाउँपालिका वडा नं ४ बाट जुवाडेलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिएका छन् ।

दशैंको समयमा देशभर जुवातास खेल्ने ठाउँहरूको कडा निगरानी भइरहेको प्रहरीले जनाएको छ ।