वरिष्ठ टेलिभिजन पत्रकार राजेन्द्र देव आचार्यको शनिवार राति निधन भएको छ ।
काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा ६१ वर्षीय पत्रकार आचार्यको निधन भएकी हो ।
लामो समय नेपाल टेलिभिजन र पछिल्ला वर्षहरूमा न्युज ट्वान्टी फोर मा समाचार प्रमुखको रुपमा कार्यरत रहेका आचार्यले लामो समय पत्रकारिता विषयको अध्यापन समेत गराएका थिए ।
आचार्य नेपाल टेलिभिजनकाे नायव महाप्रबन्धक समेत बनेका थिए ।
कलेजोसम्बन्धी समस्या रहेका आचार्यको समस्या बल्झिएकोले शनिवार अस्पताल भर्ना गरिएको थियो। उनको परिवारमा एक छोरी, श्रीमती र आमा छन् ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।