राप्ती साहित्य परिषद नेपालले ४१ औ स्थापना दिबस



जेष्ठ १३ ,दाङ । राप्ती साहित्य परिषद नेपालले ४१ औ स्थापना दिबस तथा १३ औँ अधिवेशन शनिवार घोराहीमा उद्धघाटन कार्यक्रम सम्पन्न गरेको छ । राप्ती साहित्य परिषदको केन्द्रिय अध्यक्ष पुर्षोत्तम खनाल को अध्यक्षता तथा नेपाल पत्रकार महासंघका दाङका संस्थापक अध्यक्ष तथा राप्ती साहित्य परिषदका सल्लाहाकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यता एंव राप्ती साहित्य परिषदका सल्लाहाकार गिरिराज शर्माको विशिष्ट आतिथ्यतामा कार्यक्रमको उद्धघाटन गरिएको हो । उद्घाटन कार्याक्रममा विभिन्न विधामा गरि १८ जना स्रष्ठालाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

18698083_905227749617319_3907496526265394910_n
राप्ती साहित्य परिषद रोल्पाका अध्यक्ष कविता उपाभ्ययाको स्वागत मन्तव्यबाट शुरु भएको कार्याक्रममा दाङ साहित्य तथा सरस्वती प्रतिष्ठान तुल्सीपुरको डिल्लीराज श्रीधर , राप्ती साहित्य परिसद रोल्पाकी विमला डागी , सृजना शमार्, भावेस भुमरी , डाः मधुसुदन लामिछाने , रेशम वि सी , श्रीधर पौडेल डाः नेत्र एटम , राप्ती साहित्य परिसद दाङका नगेन्द्र गुरु , पुरस्कार संस्थापक देवमनी पौडेल , लेखकसंघ दाङका अध्यक्ष खगराज न्यौपाने , प्रगतिशिल लेखकसंघका अध्यक्ष शरद अधिकारी , लेखकसंघका केन्दिय उपाध्यक्ष उत्तमकृष्ण मज्गैया , प्रगतिशिल लेखकसंघका केन्द्रिय अध्यक्ष पद्यम प्रसाद शर्मा लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो । राप्ती साहित्य परिषद सल्यानकी विष्णु शर्माले धन्यवाद ज्ञापन गर्नुभएको थियो । भने कार्यक्रमको सहजीकरण राप्ती साहित्य परिषदका सचिव रमेश क्षितिजले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्