अपराध

झण्डै तीन किलो चरेशसहित दुई जना पक्राउ

By थाहा अनलाइन

October 07, 2019

डडेल्धुरामा लागु औषध चरेस सहित दुई जना पक्राउ परेका छन्।

दुई किलो सात सय ग्राम चरेश सहित जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर ७ भाटगाउँका २६ वर्षीय शेरबहादुर भण्डारी र अमरगढी नगरपालिका ६ को भालुमारेका ३८ वर्षीय वीरबहादुर बोहरा रहेको प्रहरीले जनाएको छ।

उनीहरुलाई चेकजाँचका क्रममा चरेश सहित पक्राउ गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।