मुख्य समाचार

तालमेल अनुसार क्षेत्र भागबण्डा गर्दै बाम गठबन्धन

By थाहा अनलाइन

October 09, 2017

सैघाली खबर

काठमाडौं, २३ असोज 

आगामी मंसीर १० र २१ गते हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी तालमेल गरेका नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीले चुनावी क्षेत्र भागवण्डा गर्न सकेका छैनन् । साना वाम दललाई छुट्टाएर बाँकी रहेको सिट सख्यामा एमालेले ६० र माओवादी केन्द्रले ४० प्रतिशत लिने सहमती भएपनि अझै सहमती जुट्न सकेको छैन । कार्यदलमा रहेका नेताहरुबिचमा निरन्तर छलफल भएपनि कुन आधारमा सहमति गर्ने भन्नेमा दलहरु अन्यौलमा परेका छन् । चुनावी क्षेत्र भागवण्डाका गर्न वाम गठबन्धनको बैठक आज बस्दैछ । २०७० सालमा सम्पन्न भएको संविधानसभा दोस्रो निर्वाचन र यसअघि सम्पन्न भएको स्थानीय तहको निर्वाचनको आधारमा चुनावी क्षेत्र भागवण्डा गर्ने तयारी भईरहेको एमाले महासचिव इश्वर पोखरेलले जानकारी दिनुभयो । शीर्ष तहले दिएको निर्देशनको आधारमा आज हुने दई दलको छलफल चुनावी क्षेत्र भागवण्डा गर्ने उहाँले जानकारी दिनुभयो । माओवादी केन्द्रसँग ६० र ४० को आधारमा चुनावी तालमेल गरेको एमालेले प्रतिनिधिसभाका १ सय ६५ मध्ये करिब आधा क्षेत्रमा सर्वसम्मतरुपमा एक÷एकमात्र उम्मेदवार सिफारिस भएका छन् । सर्वसम्मत नभएका ठाउँको हकमा मात्र दुई वा दुईभन्दा बढीबाट उम्मेदवार छनोट गर्नुपर्ने भएको नेकपा एमालले जानकारी दिएको छ । एमालेका धेरै शीर्ष नेता आ—आफ्नो निर्वाचन क्षेत्रबाट सर्वसम्मत भएका छन् । करिब ८० निर्वाचन क्षेत्रमा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार सर्वसम्मत भएको एमालेले दावी गरेको छ ।