ब्राउनसुगरसहित चार जना पक्राउ



सैघाली खबर
सुर्खेत , २३ असोज

लागूऔषध ब्राउसुगरसहित सुर्खेत ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको बिशेष टोलीले हिजो वीरेन्द्रनगर नगरपालिका १ बाट १० ग्राम ३९० मिलिग्राम ब्राउनसुगरसहित ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा वीरेन्द्रनगर १ का कृष्ण थापा, वीरेन्द्रनगर २ का २२ बर्षीय उमेश नेपाली, चौकुने गाउँपालिका ८ का २४ बर्षीय अमर राना र सोही ठाउँका २२ बर्षीय टेकेन बिसी रहेका छन् ।

उनीहरुलाई वीरेन्द्रनगर १ का कृष्ण थापाकै घरबाटा पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनामाथि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्