अखण्ड स्पेनपक्षमा देशभर प्रदर्शन



सैघाली खबर
काठमाडौं, २३ असोज

मुलुक विभाजन नै गर्ने तहमा क्याटालन नेताहरु पुगेपछि त्यसको विरोधमा प्रदर्शन भएको छ । अखण्ड स्पेनको पक्षमा देशभर प्रदर्शनहरु भइरहेको बीवीसीले जनाएको छ ।

अलगवादीहरुले राजधानी बनाउन घोषणा गरेको केन्द्र बार्सिलोनामै उपस्थित भएर लाखौं नागरिकले विभाजनको विरोध गर्दै सडकमा आएका छन् ।तीन लाख ५० हजारभन्दा बढी मानिस सडकमा ओर्लिएर असन्तुष्टीका विषयलाई वार्ता र संवादको माध्यमबाट सुल्झाउन आग्रह गरेको खबरमा जनाइएको छ ।

प्रदर्शनकारीले स्पेन र क्याटालन दुबै झण्डा हातमा बोकेका थिए । ¥यालीलाई पूर्व मन्त्रीहरु, नोबेल पुरस्करा बिजेतालगायत दिग्गज ब्यक्तित्वहरुको सहभागिता थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्