खेलकुद

पोल्याण्ड अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट

By थाहा अनलाइन

October 09, 2017

सैघाली खबर काठमाडौं, २३ असोज

मोन्टेनेग्रोलाई हराँउदै पोल्याण्ड अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छानिएको छ ।युरोपेली समुह ई को खेलमा गएराती मोन्टेनेग्रोलाई ४–२ ले हराँउदै पोल्याण्ड विश्वकपमा छानिएको हो ।

यही समुहका अन्य खेलहरुमा डेनमार्क र रोमानिया तथा काजखस्तान र अर्मेनियाले १–१ गोलको बराबरी खेलेका छन् । यो समुहबाट डेनमार्क प्ले–अपमा छानिएको छ ।विश्वकप फसटबल छनौट अन्तर्गत गएराती भएका अन्य खेलहरुमा इंग्ल्याण्ड, जर्मनी, पोल्याण्ड, नर्वे र स्लोभाकिया विजयी भएका छन् ।