अभिभाबक बिहिन बालबालिकाको दशै बिगतका बर्ष झै आँशु झार्नु परेन्



दिपक बोहरा
दाङ, २३ असोज


टाढा टाढा रहेका आफन्ती संग भेटघाट तथा सम्बन्ध सुधार गर्ने अबशरका रुपमा पनि चाडबाड तथा मेला पर्बलाई लिने गरिन्छ । त्यसमा पनि नेपालीहरुको महान पर्ब बडादशै तथा तिहारमा घर भन्दा टाढा रहेकाहरु पनि घर फर्कने गर्छन् । नेपालीहरुले बिशेष पर्बका रुपमा मनाउने यी दुई महत्वपुर्ण चाडपर्ब मनाउनका लागि बिदेशमा रहेकाहरु पनि बिदा मिलाएर घर फर्कने गर्छन् । चाडपर्ब मनाउनुका साथै गाउ घर आफन्ती संग भेटघाटका लागि पनि एउटा अबशरका रुपमा दशै तिहार जस्ता पर्बहरुमा घर फर्कने गरिन्छ । तर यी चाडहरु अभिभाबक बिहिन बालबालिकाहरुलाई पनि अभिसाप जस्तै बन्ने गर्छन् । उनीहरुका कोही आफन्ती हुँदैनन् अनी दशै तिहारकालगायत नेपालीहरुले बिशेष महत्वका साथ मनाउदै आएका दशै तिहार जस्ता चाडबाडहरुमा पनि ति बालबालिकाहरु मागेर दिन बिताउने गरेको छन् ।

चाडपर्बमा सबै बालबालिका रमाईलो गरिरहेका हुन्छन चाडपर्ब मनाईरहेका हुन्छन् । तर असहाय तथा अभिभाबक बिहिन बालबालिकाहरुलाई सडकमा कारुनीक अबस्थामा देख्दा सबैको मन भक्कानिएर आउँछ । गत बर्षको दशैमा यस्तै अबस्थामा थिईन रुकुम आठबिस कोटकी सीता नेपाली । अरुलाई दशै, तिहार आएको थियो तर उनलाई भने न दशै , न तिहार । साँझ बिहानको छाक टार्न समेत धौ धौ थियो । तर यस बर्षको दशै भने उनलाई आफ्नै घरमा मनाएको जस्तो आभास भयो । दाङको बिजौरीमा रहेको असाहय बाल बिकास केन्द्रले घरकै जस्तो वातावरणमा पालन पोषण , शिक्षा दिक्षा दिन थाले देखी उनले आफ्ना पीडाका दिन अन्त्य भएको आभास गरेकी छिन् । उनले यस बर्षको दशैमा पनि घरको आमा, बुवाको हातबाट टिका ग्रहण गरेको आभास भएको बताईन् ।

‘ बिगतका बर्षहरुमा दशै, तिहार, मेलापर्ब भन्ने केही थाहा हुँदैनथ्यो’ उनले भनिन्‘ तर यस बर्ष असाहय बाल बिकास केन्द्रले पालन पोषण गर्नुका साथै दशै तिहारमा पनि निकै रमाईलो गर्न पाईएको छ ।’ बिगतका बर्षहरुमा सडकमा बस्दै आएका तथा अभिभाबक बिहिन भएर कसैको साहारा नपाएका १४ जना बालबालिकालाई असाहय बाल बिकास नेपाल बिजौरीले पालन पोषण गर्दै आएको छ । ती बालबालिकाहरुका अभिभाबक सम्पर्कमा छैनन् । तर उनीहरुले यस बर्षको दशैमा अभिभाबक बिहिन भएको महसुस गरेनन् ।

असाहय बाल बिकास नेपालका अध्यक्ष बिष्णु चौधरी सहित पदाधिकारी तथा ती बालबालिकाहरुले यस बर्षको दशै सामुहिक रुपमा मनाएका छन् । जसले गर्दा अभिभाबक बिहिन रहेको ती बालबालिकाको यस बर्षको दशै खुसीयाली बन्यो । ‘ बिगतमा दशैमा आँशु झार्न बाध्य भएका ती बालिबालिकाहरुसंग दशै मनाउन पाउँदा मलाई पनि निकै खुसी लाग्यो’ अध्यक्ष चौधरीले भने । त्यहाँ बस्दै आएका १४ जना बालबालिका मध्य ७ जना आफ्नो आफन्तीको घरमा गएपनि ७ जनाले संस्थामै दशै मनाएका थिए । धेरै बर्ष पछि दशै मनाउँन पाउँदा उनीहरुको मुहारमा खुसीका दियोहरु बलिरहेको थिए ।

जसले गर्दा आफु पनि निकै हर्षित भएको अध्यक्ष चौधरीले बताए । असहाय बाल बिकास नेपाल जस्तै अन्य संस्थाहरुले पनि अभिभाबक बिहिन, असहाय, सडक बालबालिकालाई खुसी दिन सक्नु पर्ने चौतर्फी आवाज पनि उठ्ने गरेका छन् । असहाय, अभिभाबक बिहिन, सडक बालबालिकालाई पालन पोषण, शिक्षा दिक्षा दिने हो भने भोली त्यही बालबालिका पनि देशको कर्णधार बन्न सक्ने बताईएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्