पश्चिम रुकुम चौरजाजरी – ३ का वडा अध्यक्ष लाल बहादुर बुढाथोकीले गोबिन्द महरलाई डुम भन्दै हातपात गरेको खबर प्राप्त भएको छ ।
सैघाली खबरसंग पीडितले आफुले प्रहरीबाट सहयोग नपाएको गुनासो गरेका छन् ।
पीडित गोबिन्द बिक भन्छन् ” सामुदायिक बन जिल्ला बन कार्यलयमा दर्ता गर्ने विषयमा समितिमा आफू पनि बस्छु भने पछि वडा अध्यक्षले दलित , डुम भन्दै वडा कार्यलय भित्र नै कुटपिट गरे, स्थानीय नेताहरुले सबैले कुटेको देखेका छन् ।”
उनले असोज ५ गते ईलाका प्रहरी कार्यलय चौरहजारीमा जातीय छुवाछूत , कुटपिट सम्बन्धि उजुरी हाल्दा पनि न्याय नपाएको बताएका छन् ।
आफूले नै भोट दिएर जिताएको वडा अध्यक्षले आफुलाइ सानोजात भन्दै वडा कार्यलयमा थप्पड हान्दै बाहिरसम्म कुट्दै दलित भनी जातीय गालिगलोज गरेको यो सामान्य नभएको र न्यायको लागि आफू लडने उनले बताएका छन् ।
यता इलाका प्रहरी कार्यलयका इनेस्पेक्टरले भने जाहेरी नभई निवेदन आएको र दुबै पक्षलाई बोलाएर छलफल गराउने र सहमति नभएमा पीडितलाई आफ्नो न्यायको लागि कानुनी बाटो खुला भएको र सहयोग गर्ने बताएका छन् ।
वडा अध्यक्षलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।