इन्द्र नेपाली तेह्रथुम,
तेह्रथुमको लालीगुराँस नगरपालिका १ डोप्कीले बाट ६ बर्षिया बालिकालाई चोरी गरेर लैजादै गर्दा स्थानीयले एक भारतीय नागरिकलाई मंगलबार नियन्त्रणमा लिएर प्रहरीलाई वुझाएका छन् ।
भारतको दार्जिलिङ जिल्ला पानीट्याङकी कोलाबारी घर भएका २८ बर्षिय बिश्वनाथ मण्डललाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई वुझाएका हुन् । भारतीय नागरिक मण्डलले घरमा कोही नभएको मौका पारी एलीना गुरुङकी ६ बर्षिया छोरी रोषनी गुरुङ लाई चोरी गरेर लैजादै गर्दा लालीगुराँस नगरपालिका १ डोप्कीले क्षेत्र बाट नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको स्थानीयबासी समेत रहेका वडा नम्बर १ का वडा सदस्य महेन्द्र गुरुङले बताउनु भएको छ।
मण्डल विगत दुई बर्ष देखी बसन्तपुर बजारमा कार्पेन्टरको काम गर्दै आएको प्रहरीले जनाएको छ । मण्डललाई नियन्त्रणमा लिएर अनुसन्धान थालीएको ईलाका प्रहरी कार्यालय बसन्तपुरका प्रहरी निरीक्ष्ँक आशाराम चौधरीले बताउनु भएको छ।
मण्डलले चोरी गर्ने उदेश्यले नै बालिकालाई लिएर जांदै गरेको प्रारम्भीक अनुसन्धान बाट खुलेको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।