पुर्खाले दूध खान थालेपछि मान्छेको खप्पर सानो



जब मानिसका पुर्खाले दुग्धजन्य पदार्थहरु खान सुरु गरे तब मानवजातिको हात तथा बंगाराहरु सानो आकारका तथा कमजोर बन्न थाले ।अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार मान्छेले दुग्धजन्य पदार्थ खान थालेपछि उसको खप्परको आकार पनि घटेको हो ।

दुग्धजन्य पदार्थको उपयोग पछि मान्छेले सिकारमा निर्भर हुनुपरेन र कोमल चिजहरु मात्र चपाउनु परेपछि उसका बंगाराहरुमा समेत दबाब कम पर्‍यो ।

शोधकर्ताहरुले झण्डै एक हजार वटा मानव खप्परहरुको अध्ययन गरेका थिए । विश्वका विभिन्न भागबाट संकलन गरिएका थिए, ती खप्पर । मानव जातिले कृषिकर्म सुरु गरिसकेपछिको समयका र सिकार युगको समयका मानिसहरुका खप्पर अध्ययनका क्रममा तुुलनात्मक विश्लेषण गरियो ।

अध्ययनबाट शोधकर्ताहरुले निष्कर्ष निकालेका छन्ः जब जब मानिसले कृषिपेशा तथा पशुपालनको प्रविधि विकाश गरी फलफूल तथा सगपात र पशुका दुधबाट बन्ने पदार्थहरुको प्रयोग ठूलो परिमाणमा गर्न थाल्यो तब मानिसको बंगारा खुम्चिँदै गयो र अन्ततः खप्परको आकार पनि घट्न थाल्यो । एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्