समाचार

कांग्रेस उम्मेदवारले यसरी चपाए मतपत्र

By थाहा अनलाइन

October 09, 2017

सैघाली खबर, काठमाण्डौ २३ असोज।

नगराइन नगरपालिकाको नगर कार्यसमिति निर्वाचन पश्च्यात जारी मतगणनाको क्रममा आइतवार अपरान्ह काँग्रेसका एक उम्मेदवारले मतपत्र चपाएका छन् ।

प्रहरी उपरीक्षक चक्रबहादुर सिंहका अनुसार–निर्वाचन परिणाम घोषणा गर्न मुचुल्का समेत तयार भई सकेको अवस्थामा साहले बदर मध्येका एक मतपत्र च्यातच्युत पारी चपाएका थिए ।

स्थानीय संजीत मण्डलका अनुसार मतदान अधिकृतले बदर घोषणा गरेका चार मतपत्रमध्ये एक मतपत्र एमाले उम्मेदवार अरुणकुमार लालकर्णको हकमा सदर रहेको चाल पाएपछि, काँग्रेस उम्मेदवार सूर्यनारायण साहले मतपत्र चपाएका थिए ।

उम्मेदवार अरुण कुमार लाल कर्णसहितका एमाले नेता कार्यकर्ताहरुले बदर घोषणा गरिएका मतपत्रहरु पुनस् हेर्न माग गरे पछि होहल्ला भएको थियो । होहल्लाकै क्रममा साहले मतपत्र चपाएका थिए ।

यसबीच एमालेका उम्मेदवार अरुणलाल कर्ण तथा कंचन राउतले निर्वाचन प्रक्रृयामाथि प्रश्न तेर्साउदै पुनस् मतदान गराउनु पर्ने लिखित उजुरी दिएका छन् ।