१२ असोजमा महराले तीनकुनेस्थित आफ्नै कोठामा पुगेर जबरजस्ती करणी गरेको भन्ने आरोपसहितको स्थलगत भिडियो अन्तर्वार्ता १३ असोजमा एक अनलाइनमार्फत सार्वजनिक भएको थियो । आरोपित महराले १५ असोजमा सभामुख पदबाट राजीनामा दिएका थिए ।
त्यसबीचमा आफूले सञ्चारमाध्यममा बोलेजस्तो केही नभएको भन्दै बोली फेरेकी उनले १७ असोजमा भने महराद्वारा जबरजस्ती करणीको प्रयास भएको भन्दै प्रहरीसमक्ष जाहेरी दिएकी थिइन् । जाहेरीकै आधारमा प्रहरीले महरालाई पक्राउ गरेको १५ असोजमा एक हुल प्रहरी कोठामा आए । म एक्लै थिएँ । कुराकानीका क्रममा मलाई निवेदन लेख्न भने । एउटा खेस्रा पनि बनाइदिए ।
१७ गते बिहान त्यो निवेदन भएन अर्कै लेख्नुपर्यो भने । म बाहिर निस्किनै लागेकी थिएँ । तर, प्रहरीले ‘डीएसपी साबले केही कुरा गर्न बोलाउनु भएको छ’ भने । होला भन्ठानेर हामी (म र श्रीमान्) गयौं ।
प्रहरीकोमा पुगेपछि एकजना महिला प्रहरीले मलाई एक्लै राखेर काउन्सिलिङ गर्न थाल्नुभयो । उनीसँग अर्का पुरुष पनि थिए । खाजा पनि खुवाए । परिवारको सदस्यजस्तै कुराकानी भयो । त्यसपछि निवेदन लेख्न भने । मैले आफ्नै सुरमा लेखें पनि । तर, त्यो हुँदैन भनेर खेस्रा दिएर लेख्न लगाएमैले लेखेको निवेदन कसै गरे पनि बाहिर सार्वजनिक हुँदैन भने । तर, २४ घण्टा नबित्दै मैले उजुरी दिएको समाचार बनेर आयो । मैले त्यसपछि डीएसपीलाई फोन गरें तर हुने कुरा त भइसकेको थियो ।
म आफैं काउन्सिलर हुँ, काउन्सिलिङ गर्दा बन्द कोठामा गरिएको कुराकानी गोप्य राख्नुपर्छ भन्ने सिकेको हो । त्यसकारण पनि मलाई प्रहरीसँग विश्वास छैन । प्रहरीले खेल खेलिरहेको छ । मिडियाले मैले बोलेको बंग्याइटिंग्याइ लेख्छ । जहाँ पनि राजनीतीकरण मात्र हुन्छ ।
असोज १८ गते ‘तपाईं असुरक्षित हुनुहुन्छ होला, अर्को ठाउँ लैजान्छौं’ भन्दै आएका थिए । तर मैले यहीं सुरक्षित छु भनें । तर, म कहीं पनि सुरक्षित छैन । मलाई जसले जे पनि गर्न सक्छ, जस्तो लाग्छ । तपाईं (पत्रकार) हरु पनि मलाई केही नसोध्नू, अब जे भन्छु अदालतमा मात्र भन्छु । अदालतले गर्छ, जे गर्छ ।
मेरो सुरक्षाको लागि भनेर प्रहरी खटाएको छ, तर उसैले घर देखाउँदै पठाउँछ । मलाई थाहै नदिई रातको १२ बजे पनि मान्छे आउँछन् । एक्लै छु, एक्लै ‘फेस’ गरेर बसेकी छु । कोही साथ दिने बसेका छैनन् । कोठाकोठामा चियोचर्चो गर्ने माफियाहरु छन् ।
श्रीमानले पनि ‘डिभोर्स’ दिइसकेको भन्दै एक्लो भनेर फाइदा उठाउनेहरु पनि छन् । तर जन्मेदेखि संघर्ष गर्दै आएको म जुधेर, भिडेर खान सक्छु । हार खाँदिन । सत्य, असत्य बाहिर आइहाल्छ । लड्ने म हो, दुनियाँले टाउको दुखाउनुपर्दैन ।
यहाँ नियम, नैतिकता र मानवीयता कसैको छैन, न कसैको राम्रो नियत छ । कोही दूधले नुहाएका छैनन्, गहुँतले चोख्याएर पनि चोखिंदैनन् । यहाँ सबै महिला पीडित छन्, तर न्याय पाएका छैनन् ।
न्याय दिन्छु भन्ने नाममा परिवार बिगार्ने काम भइरहेको छ । समाज बिग्रिरहेको छ ।
निर्मला पन्तको केसमा जतिजनाको डीएनए टेष्ट गर्यो, सबैको नाम प्रहरीले नै बाहिर ल्यायो । के उनीहरुको गोपनीयता भंग भएन ?
डिप्रेसन भएको भनेर मलाई पागल बुझ्छन् । ‘हाइप्रोफाइल’ सँग नाम जोडियो भनेर घटनालाई उचाल्छन् । को हाइप्रोफाइल ? सबै मान्छे समान हो । पत्रकारहरुले ‘डिप्रेसन’लाई पागल जसरी प्रस्तुत गरे ।
यही लेख्दिनुस्, प्रहरी प्रशासनले मेरो गोपनीयता भंग गर्यो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।