सकियो राप्रपा बैठक



सैघाली खबर,
काठमाडौं २३ असोज । प्रजातान्त्रिक गठबन्धन निर्माणको तयारीमा रहेको नेपाली कांग्रेसले प्रतिनिधि सभामा १५ र प्रदेशमा ३० सिट दिए गठबन्धनमा सामेल हुने राप्रपाले निर्णय गरेको छ ।

नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति नेपालले गठबन्धन गरेपछि अन्य शक्तिलाई लिएर गठबन्धनको तयारीमा रहेको कांग्रेससँग राप्रपाले केन्द्रमा १५ र प्रदेशमा ३० सिट माग गरेको राप्रपाका एक नेताले बताए । कांग्रेस नेतृत्वको गठबन्धनलाई साथ दिएर सरकारमा समेत जाने तयारी गरेको राप्रपाको प्रस्तावमा दुई पार्टीबीच सहमति भने भइसकेको छैन।

सोमबार विहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारमा जाने विषयमा छलफल भए पनि निर्णय भने नभएको प्रवक्ता भुवन पाठकले बताए।
कांग्रेसले भने प्रतिनिधि सभामा ७ सिटसम्म दिन सक्ने र प्रदेशमा २५ सिट दिन सक्ने बताएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्